६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नागरिक पोष्ट

सोमबार, २४ बैशाख २०८१

1191 views

1191 views

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।


हिजो आइतबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


आइतबार चाँदी तोलामा १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका