६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

अर्थमन्त्रीलाई सुझाव स् रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

नागरिक पोष्ट

आईतवार, २३ बैशाख २०८१

1225 views

1225 views

अर्थमन्त्रीलाई सुझाव स् रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी केन्द्रको मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनले आइतबार विभिन्न विभागका प्रमुखहरूसँग छलफल गरे ।


मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् ।

कार्यक्रममा विभागीय प्रमुखहरूले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।


बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक(सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकारेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरूले सुझाए ।

कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताएका छन् ।

गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनले जवाफ दिए ।

आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका